ट्रेण्डिङ्ग:
|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

भूमि विधेयकले गैर आवासीय नेपालीको घर-जग्गाको लगानी शुरक्षित गरेको छ: कुसुम देवी थापा

लस-एन्जलस । कृषि, सहकारी और प्राकृतिक संसाधन समिति की निबर्तमान अध्यक्ष माननीय कुसुम देवी थापाले संघिय संसदले अनुमोदन गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीले पैत्रिक सम्पति र घर जग्गामा गरेको लगानी शुरक्षित गरेको बताउनु भएको छ ।

नेपाल मगर संघ दक्षिण क्यालिफोर्निया च्याप्टर र हिमालयन भ्वासको हिमालयन भ्वाइस र लस एन्जलसको नेपाली समुदायले उहाँको सम्मानमा आयोजना गरेको समुदाय भेटघाट तथा रात्रिभोजलाई संबोधन गर्दै थापाले यस्तो जानकारी दिनु भएको हो ।

थापाले गैर आवासिय नेपालीको जन्मसिद्ध नागरिकता निरन्तर कायम राख्न छिमेकी चीन र भारत नेपाल उदार हुनु पर्ने बताउनु भएको छ ।

उहाँले मातृभूमि नेपाल खरानी भएको र मातृभूमिको धमिलो राजनीति संग्लिए संगै गैर आवासिय नेपालीले नेपालमा लगानी गर्न र मातृभूमिलाई मायाँ गर्न गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ अमेरिकाका नवनिर्वाचित बोर्ड बोर्ड डाइरेक्टर हेम ठकुल्ला, सल्लाहकार नियुक्त भक्त थापा र क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष तिलक रानालाई सम्मान गरिएको थियो ।

समुदाय र प्रमुख अतिथि माननीय कुसुम देवी थापा बीच अन्तरक्रिया सहितको कार्यक्रममा गैर आवासिय नेपाली संघ क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष तिलक रानाले स्वागत गर्नु भएको थियो भने अभियन्ता बखान थापाको शाभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

  himalayanvoice.com | १० कार्तिक २०८२, आईतवार १२:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online