ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

मुस्ताङमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

मुस्ताङ । मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ ।

तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

एक्याप प्रमुख पौडेलले भन्नुभयो, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’’ यता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बर्षा भइरहेको वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो ।

त्यस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा हिमपात भएका कारण जनजिवन कष्टकर भइरहेको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे हुन थालेको मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरूङले बताउनुभयो । मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङमा यो सिजनको पहिलो हिमपात भएको छ ।

मुस्ताङमा बिदा मनाउन गएका पर्यटकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले जिल्लाभर हिमपातबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षा निकायलाई समेत अर्लट राखिएको छ । प्रजिअ भुषालले भन्नुभयो, ‘‘हिमपात र वर्षाले पर्यटकलाई प्रभावित बनाउन सक्छ, यस समयमा यात्रा नगर्न सचेत बनाएका छौ ।’’ गतवर्ष हिमपात नभएको मुस्ताङमा यसपटको हिमपातबाट कृषक भने उत्साहित छन् ।

  himalayanvoice.com | १२ कार्तिक २०८२, मंगलवार १०:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online