ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई हरायो

काठमाडौँ । नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो ।

टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोक्नुभएको थियो । भारतको अर्को प्रहार पोस्टमाथि हुईकिएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । त्यसपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

भारतले ३०औँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षकको कमजोरीमा सौम्या गुगुलोथले गोल गर्नुभएको थियो । भारतको अग्रतापछि जोसिएको नेपालले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो ।

रश्मीकुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरमा हेड गोल गर्नुभएको थियो । अनितालाई यस खेलमा नेपाली टोलीको कप्तानी गर्ने अवर मिलेको हो ।

यसअघि भारतमै खेलिएको नेपाल, भारत र इरानसम्मिलित त्रिदेशीय खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । नेपाल इरानसँग भने ३–० गोलले पराजित भएको थियो ।

  himalayanvoice.com | १३ कार्तिक २०८२, बुधबार १४:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online