ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

तीन प्रदेशका हिमाली भू-भागमा भारी हिमपातको सम्भावना बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रही एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रही एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मङ्गलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरीसकेको र तत्पश्चात् विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै आएको छ।

न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आइ पूर्वतर्फ सर्दै बुधबार रातिदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ।

  himalayanvoice.com | १३ कार्तिक २०८२, बुधबार १४:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online