माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिद्वारा पार्टी एकतासम्बन्धी प्रस्ताव पारित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैठकले नेकपा एकिकृत समाजवादीसहितका विभिन्न राजनीतिक दलहरूसँग पार्टी एकता गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

यस्तै बैठकले एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने लगायतका प्रस्तावहरू समेत अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

जेन–जी समूह लगायत नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेटी पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका पार्टी एकता गर्न लागिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×