ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा घोषणा प्रदेशसभाको आजको बैठकमा जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहनुका साथै नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने प्रदेशसभा बैठकमा घोषणा गरेपछि बहुमत नपाउने अवस्था देखेपछि मुख्यमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो ।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि प्रदेश सभामा नै पदबाट राजिनामाको घोषणा गर्नुभएको हो ।

प्रदेशसभाको आजको बैठकमा जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहनुका साथै नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने प्रदेशसभा बैठकमा घोषणा गरेपछि बहुमत नपाउने अवस्था देखेपछि मुख्यमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री सोनललाई मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिमे अजोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

  himalayanvoice.com | २३ कार्तिक २०८२, शनिबार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online