ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा घोषणा प्रदेशसभाको आजको बैठकमा जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहनुका साथै नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने प्रदेशसभा बैठकमा घोषणा गरेपछि बहुमत नपाउने अवस्था देखेपछि मुख्यमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो ।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि प्रदेश सभामा नै पदबाट राजिनामाको घोषणा गर्नुभएको हो ।

प्रदेशसभाको आजको बैठकमा जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहनुका साथै नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने प्रदेशसभा बैठकमा घोषणा गरेपछि बहुमत नपाउने अवस्था देखेपछि मुख्यमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री सोनललाई मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिमे अजोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

  himalayanvoice.com | २३ कार्तिक २०८२, शनिबार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online