एसियन कप छनोट खेलका लागि फुटबल टोलीको बिदाइ

काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फु्टबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार खेलाडीको बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फा पदाधिकारीलगायतले बिदाइ गरे ।

नेपालले १३ नोभेम्बरमा बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । यस्तै  १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ ।

टोलीका अन्तरिम प्रशिक्षक हरी खड्काले यसअघि किरण चेम्जोङको कप्तानीमा खेलाडी टोलीको घोषणा गरिसक्नु भएको छ ।  टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पीजङ्ग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×