ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

चलचित्र बिकास बोर्डद्वारा  १५ सिनेकर्मी पुरस्कृत

काठमाडौं। चलचित्र बिकास बोर्डले सोमबार एक विशेष समारोहको आयोजना गरी १५ जना सिनेकर्मीहरूलाई “सांस्कृतिक रूपान्तरण  पुरस्कार” प्रदान गरेको छ । पुरस्कृतमध्ये बरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्माता–निर्देशक युवराज लामासहित ५ जना व्यक्तित्वहरू आदिवासी जनजाति समुदायबाट रहनुभएको छ ।

संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान गरे वापत ती कलाकर्मीहरूलाई पुरस्कृत गरिएको बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले बताउनुभयो । समारोहको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नगद २० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

मन्त्री खरेलले नेपालको सामाजिक-सांस्कृतिक पहिचानको अभियानलाई विश्वव्यापी बनाउन सिनेमा प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिनेश डिसीको सिर्जनात्मक नेतृत्व क्षमताका कारण समग्र सिने क्षेत्रको विकासमा सरकारले सकारात्मक परिणाम आउने अपेक्षा गरेको सुनाउनुभयो।

सो अवसरमा कलाकारहरु शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, यसकुमार, ध्रुव लम्साल, रम्यता लिम्बू, सम्झना रौनियार, युवराज लामा, हेमन्त बुढाथोकी, किशन पोखरेल, केशव भट्टराई, नाजिर हुसेन, रिमेश अधिकारी, रेनीश फागो, अन्जु पन्त रहनुभएको छ ।

  himalayanvoice.com | २५ कार्तिक २०८२, सोमबार १२:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online