ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

युनाइटेड नेपाली डायस्पोराको सम्मेलन दक्षिण कोरियामा हुने

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ।

सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो।

बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ।

सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष संस्था बिकासका सुरुवातीको बर्ष, विश्व ब्यापिकरणको जिम्मेवारी समेत जोडिएकाले डिसेम्बर २०, २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरिएको हो।

सभा र सम्मेलनको संयोजन सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) ले गर्ने प्रचलन अनुसार सातौँ बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोहि दिनसम्म सदस्यता लिनु भएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनेछन्।

  himalayanvoice.com | २५ कार्तिक २०८२, सोमबार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online