ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन तेह्र दलले दिए दल दर्ताको निवेदन

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन १३ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि तोकेको समयसीमाको अन्तिम दिन मात्रै पाँच वटा दलले दर्ताको निवेदन दिएका छन् ।

माथिल्लो सभामा प्रतिनिधित्व नरहेको तथा नयाँ दलका रूपमा दर्ता भएको श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले समेत दल दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन चाहने दललाई मङ्सिर ७ गतेको समयसीमा तोकेर निवेदन दिन आह्वान गरेको थियो । आयोगले तोकेको समयसीमाभित्र १३ वटा दलले दर्ताको निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन प्राप्त भएको दलको कागजातमाथि अध्ययन गरी सात दिनभित्र दर्ता स्वीकृत गर्ने जनाएको छ ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुन लागेको १९ सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । प्रदेश सभाका सदस्य तथा नगर र गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचनमण्डलले राष्ट्रिय सभा सदस्य पदका लागि मतदान गर्ने छ ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाललगायतका दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५६ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको मङ्सिर ६ गतेको निर्णय अनुसार सो दलले राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी दुवै सभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको हो । आयोगमा हालसम्म १३२ वटा दलको दर्ता कायम भएको छ ।

  himalayanvoice.com | ८ मंसिर २०८२, आईतवार २२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online