ट्रेण्डिङ्ग:
|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पुस १५ भित्र सबै जनसम्पर्क समितिको अधिवेशन गर्न नेपाली कांग्रेसको निर्देशन

काठमाडौँ ।  नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई आगामी पुस १५ गते (डिसेम्बर ३० तारिख) भित्र नयाँ अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।

जनसम्पर्क समिति विभागका प्रमुख किरण पौडेलले मंगलवार एक परिपत्र जारी गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन २०८३ पुस २६, २७ र २८ गते गर्ने निर्णयअनुसार अधिवेशनसम्बन्धी कार्यतालिका पठाएका हुन्।

परिपत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्य निर्धारित समयमै पूरा गरी पठाउन, समितिहरूका अध्यक्षहरूले बैठक निर्णय प्रतिवेदन, क्रियाशील सदस्यताको नयाँ र नवीकरण फारम (टेम्प), जनसम्पर्क समितिहरूका पदाधिकारी तथा सदस्यहरूको विवरण (चेकरसहित) पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ।

त्यससँगै, केन्द्रीय रूपमा स्वीकृत भएका क्रियाशील सदस्यता तथा नेपाली जनसम्पर्क समितिका सदस्यहरूको आधारमा अधिवेशन सम्पन्न गरी आवश्यक कागजात पठाउन समेत अनुरोध गरिएको छ।

  himalayanvoice.com | १७ मंसिर २०८२, मंगलवार १७:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online