ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एमालेको ११ औं महाधिवेशन : दोस्रो दिन आज उम्मेद्वारी मनोनयन आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’

काठमाडौँ । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।

आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’

उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारविरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वारविरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

हिजोदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार २१:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online