ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमाले महाधिवेशन : रातभर मतदान हुने, मतदानको समय बिहीबार बिहान ७ बजे सम्म  मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् । 

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजे सम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ । 

आयोगको उपाध्यक्षमा सानुराज पोखरेलले बुधबार साँझ ८ बजेसम्म एक हजार १०५ मत खसेको र मतदान रातभर जारी रहने जानकारी दिनुभयो । उहाँले कसैलाई पनि मतदानबाट बन्चित नगरिने पनि स्पष्ट पार्नुभयो ।

मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् ।

विद्युतीय मतदान प्रणाली भए पनि विद्युतीय मतदानमा अभ्यस्त नभएका मतदातालाई मत दिनका लागि कतिपयलाई दुई घण्टासम्म लागेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।

  himalayanvoice.com | २ पुष २०८२, बुधबार १०:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online