ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एमाले महाधिवेशन : रातभर मतदान हुने, मतदानको समय बिहीबार बिहान ७ बजे सम्म  मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् । 

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजे सम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ । 

आयोगको उपाध्यक्षमा सानुराज पोखरेलले बुधबार साँझ ८ बजेसम्म एक हजार १०५ मत खसेको र मतदान रातभर जारी रहने जानकारी दिनुभयो । उहाँले कसैलाई पनि मतदानबाट बन्चित नगरिने पनि स्पष्ट पार्नुभयो ।

मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् ।

विद्युतीय मतदान प्रणाली भए पनि विद्युतीय मतदानमा अभ्यस्त नभएका मतदातालाई मत दिनका लागि कतिपयलाई दुई घण्टासम्म लागेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।

  himalayanvoice.com | २ पुष २०८२, बुधबार १०:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online