काठमाडौं । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई अनिवार्य रूपमा अनलाइनमार्फत सदस्यता फाराम भर्न निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले सदस्यता फाराम क्रमसंख्यासहित उपलब्ध गराउने निर्णय गरेको जानकारी समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले दिए।
बैठकले विदेशस्थित जनसम्पर्क समितिहरुको सदस्यता फाराम अनलाइनमार्फत भर्ने प्रक्रिया पुस ५ गतेसम्म खुला राख्नुपर्ने विषयमा समेत छलफल केन्द्रित गरेको थियो।
यसअघि विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले फर्जी नामावली सूचीका आधारमा सदस्यता शुल्क बुझाई क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाउँदै आएको पाइएको थियो। नेपाली कांग्रेसले विदेशी नागरिकता वा गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई महाधिवेशन प्रतिनिधि हुन नपाउने व्यवस्था यसअघि नै लागू गरिसकेको छ।
प्रतिक्रिया