ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एमालेको ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोख्रेल विजयी उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ ।

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा विजयी हुनुभएको हो । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित हुनुभएको हो ।

त्यसैगरी महासचिवमा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै शंकर पोख्रले विजयी हुनुभएको छ ।

त्यस्तै उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी हुनुभएको हो । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी हुनुभएको हो भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित हुनुभएको हो ।

  himalayanvoice.com | ३ पुष २०८२, बिहीबार ०२:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online