ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एमालेको ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोख्रेल विजयी उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ ।

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा विजयी हुनुभएको हो । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित हुनुभएको हो ।

त्यसैगरी महासचिवमा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै शंकर पोख्रले विजयी हुनुभएको छ ।

त्यस्तै उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी हुनुभएको हो । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी हुनुभएको हो भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित हुनुभएको हो ।

  himalayanvoice.com | ३ पुष २०८२, बिहीबार ०२:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online