मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासका लागि मत माग्दा उहाँको पक्षमा शत प्रतिशत मत प्राप्त भएको छ ।

मधेस प्रदेशसभामा रहेका १० दलका प्रदेशसभाका सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको थियो ।

बैठकमा विभिन्न दलका ९२ जना प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको मधेस प्रदेशका उपसभामुख बविता राउत ईसरले घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×