ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासका लागि मत माग्दा उहाँको पक्षमा शत प्रतिशत मत प्राप्त भएको छ ।

मधेस प्रदेशसभामा रहेका १० दलका प्रदेशसभाका सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको थियो ।

बैठकमा विभिन्न दलका ९२ जना प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको मधेस प्रदेशका उपसभामुख बविता राउत ईसरले घोषणा गर्नुभयो ।

  himalayanvoice.com | ४ पुष २०८२, शुक्रबार ११:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online