ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताउनुभयो ।

उहाँले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख समेत गर्नुभएको छ ।

“उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ”, विज्ञप्तिमा कार्यवाहक सभापति अर्यालले भन्नुभएको छ, “कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ ।”

  himalayanvoice.com | ४ पुष २०८२, शुक्रबार ११:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online