ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताउनुभयो ।

उहाँले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख समेत गर्नुभएको छ ।

“उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ”, विज्ञप्तिमा कार्यवाहक सभापति अर्यालले भन्नुभएको छ, “कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ ।”

  himalayanvoice.com | ४ पुष २०८२, शुक्रबार ११:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online