ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी

जनकपुर । मधेश प्रदेशसभामा रिक्त रहेको सभामुख पदका दुई जना प्रदेशसभा सदस्यको उम्मेदवारी परेको छ। 

मधेश प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार पुस ६ गते आइतबार हुने सभामुख पदको निर्वाचनका लागि तोकिएको निर्वाचन कार्यक्रम अन्र्तगत शनिबार दुई जनाको उम्मेदवारी परेको हो।

नेपाली कांग्रेससहित सात दलको समर्थनमा जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादव र नेकपा एमालेका प्रदेशसभा सदस्य त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक यादवको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंह प्रस्तावक रहनु भएको छ भने नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहनु भएको छ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसादको नेकपा एमालेका प्रदेशसभा सदस्य शारदा देवी थापा प्रस्तावक रहनु भएको छ भने नेकपा एमालेकै प्रदेशसभा सदस्य जयचन्द्र प्रसाद पटेल समर्थक रहनु भएको छ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले जानकारी दिनुभयो।

  himalayanvoice.com | ५ पुष २०८२, शनिबार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online