काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाम मात्रको कार्यवाहक सभापति भएको बताएका छन् ।
पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।
‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने ।
प्रतिक्रिया