ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपा एक हुदै

काठमाडौँ। राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधवार साँझ राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै पार्टीका शीर्ष नेताबीच भएको बैठकले पार्टी एकतामा जाने निर्णय गरेको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीच रहेको विभाजन अन्त्य गर्दै एकीकृत रूपमा अघि बढ्ने आधार तयार भएको नेताहरूले बताएका छन् ।

बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको र सो सहमति पत्रमा अध्यक्षद्वय कमल थापा र राजेन्द्र लिङदेनले हस्ताक्षर गर्नुभएको छ । पार्टी एकताको औपचारिक घोषणा सभा पुस १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिने जनाइएको छ ।

सहमति पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जेन–जी युवाहरूको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताउनुभयो । उहाँले राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाका अनुसार जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य र सुशासनको माग अघि सारेको छ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्न सक्ने उहाँको भनाइ थियो । उहाँले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन आह्वानसमेत गर्नुभयो ।

२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडी राप्रपा नेपाल पुनर्जागरण गर्नुभएको थियो । त्यसयता दुवै पार्टी अलग–अलग रूपमा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । यस एकताले राप्रपालाई थप सशक्त बनाउने र राष्ट्रिय एजेन्डामा एकीकृत आवाज उठाउन सहयोग पुग्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

  himalayanvoice.com | ९ पुष २०८२, बुधबार १२:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online