ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए १२औँ महाधिवेशन: सबै देशमा सदस्यता वितरण खुला

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरी महिनाको अन्तिम साता हुने १२औँ महाधिवेशनका लागि विश्वभर सदस्यता वितरण खुला गरिएको छ।

यसअघि सदस्यता लिन छुटेका व्यक्तिहरूलाई ‘स्मार्ट एनआरएनए’ एप मार्फत सदस्यता लिन संघले आग्रह गरेको छ। संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार बृहत् एकताको सहमतिअनुसार संसारभरिका सबै सक्रिय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एनआरएनए सदस्यता खुला गरिएको हो।

फेब्रुअरी २२–२५ सम्म आयोजना हुने १२औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न तथा उम्मेदवार बन्न अनिवार्य रूपमा सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ।

स्मार्ट एनआरएनए एप बाहेक अन्य पोर्टलमार्फत सदस्य बनेकाहरूको विवरण सम्बन्धित देशमा बसोबास गरेको प्रमाणका कागजातसहित सम्बन्धित एनसीसीबाट प्राप्त भएपछि एमआरएस प्रणालीमा एकीकृत गर्ने सहमति भएको छ।

हाल एकीकृत हुन बाँकी जम्मा २० वटा एनसीसी रहेका छन्। विभाजन रहेका राष्ट्रिय समितिहरूको एकताका लागि गंगाधर गौतमको संयोजकत्वमा ‘एनसीसी एकता सहजीकरण समिति’ गठन गरिएको छ।

  himalayanvoice.com | १५ पुष २०८२, मंगलवार १३:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online