ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो चार पदाधिकारी

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पद मिलान गर्न चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । 

रास्वपाका प्रवक्ता मनिष झाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकता पश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो । झाले विवेकशीलसँग पार्टी समायोजनपछि आएकामध्ये सात जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय भएको बताउनुभयो । मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहनुभएको छ ।

उहाँले भन्नुभयो, “विवेकशील पार्टी रास्वपासँग एकीकरण भएपश्चात त्यो पार्टीको नेतृत्व तहमा रहनुभएका सात जनालाई आजदेखि केन्द्रीय समितिमा मनोनित गरेका छौँ । त्यस्तै पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा प्रत्यक्ष निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेका छौँ ।”

उहाँले पार्टी समायोजनको प्रक्रिया थप अगाडि बढाउन पार्टी महामन्त्रीको नेतृत्वमा दुई वटा कार्यदल गठन भएको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी समायोजन प्रक्रियाको थप प्रक्रिया अगाडि बढाउनको लागि पार्टी महामन्त्रीज्यूको नेतृत्वमा दुईवटा कार्यदल पनि गठन भएको छ । त्यस्तै, पार्टीमा थप दलहरु समेत आवद्ध भएको अवस्थामा दुई जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता थप्ने निर्णय पनि केन्द्रीय समितिले पास गरेको छ ।”

उहाँले पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाको कामहरु अगाडि बढाउनको लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल समेत गठन गर्ने निर्णय गरेको बताउनु भयो ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online