मानव अधिकार आयोगमा एमाले अध्यक्ष ओलीको बयान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ । 

गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो।

ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ ।

आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×