ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौँ । मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँको टुँडिखेलमा आज आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर सहभागी भएका मगर समुदाय।
आज काठमाडौँको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो ।

मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति समुदायको पहिचान र परम्परालाई उजागर गर्ने पर्वका रूपमा लिइन्छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिएपछि समावेशी लोकतन्त्रको केही अंश भए पनि प्रत्याभूत भएको बताउनुभयो । उहाँकाअनुसार यस पर्वले मगर जातिको पहिचान, सांस्कृतिक सहभागिता, सामाजिक सद्भाव तथा सामुदायिक मानवअधिकार प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कुल पितृको सम्झनामा आज खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ । यस अवसरमा छोरीचेलीलाई टीका टालो र मिष्ठान भोजन (खिचडी, घ्यू, तरुल, अदुवा, सेलरोटी, बारा/बटुक, गुड आदि) दान गरी विशेष सम्मानका साथ पुजिने चलन रहेको छ ।

आजै बिहान रत्नपार्कस्थित शान्ति बाटिकाबाट टुँडिखेलसम्म मौलिक झाँकीसहितको र्‍यालीसमेत आयोजना गरिएको थियो । र्‍याली तथा सांस्कृतिक कार्यक्रमले मगर समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई काठमाडौँमा उजागर गरेको सहभागीहरूको भनाइ छ । रासस

  himalayanvoice.com | २ माघ २०८२, बिहीबार १५:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online