ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सुनिता डङ्गोल महानगरको कार्यवाहक प्रमुख

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोल कार्यवाहक प्रमुख बन्नुभएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगर प्रमुख साहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो ।

प्रमुख साहले आज उपप्रमुख डङ्गोलसमक्ष पेस गर्नुभएको राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’

संविधानमा नगर कार्यपालिका प्रमुख उपप्रमुखबारे व्यवस्था गरिएको छ भने नेपालको संविधान २०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।

साहले पदबाट राजीनामा दिएपछि डङ्गोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै आज नगर कार्यपालिका बैठक आह्वान गरी प्रमुख साहले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो । बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले प्रमुख साहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको धन्यवाद व्यक्त गर्नुभयो ।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार २२:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online