ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’

ललितपुर । नेपाली काँग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ खोज्ने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने धारणा राख्नुभयो ।

“देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ । नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ । मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यस पटक त्यसमा सबै सचेत बनौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताउनुभयो । “हामी सबैको अपनत्व र सहभागिताको अनुभूति हुने गरी छोटो र दीर्घकालीन दृष्टिकोण समेटिएको घोषणापत्र तयार गर्छौँ, त्यसको तयारी हुँदै छ । केही दिनमा सार्वजनिक गरेर जनताका माझ पुर्‍याउँछौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले संयमित, व्यवस्थित र संस्कारयुक्त निर्वाचन प्रचार–प्रसारका लागि आग्रह गर्दै आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न आग्रह गर्नुभयो । “आचारसंहिता उल्लङ्घन नहोस् भन्नेमा हामी सचेत छौँ । केन्द्रीय निर्वाचन परिचालन समितिले सबैलाई घर फर्किएर काँग्रेसलाई विजयी गराउन आग्रह गरेको छ, त्यसअनुसार सबै केन्द्रीय सदस्यलाई क्षेत्रमा खटाएइको छ । आआफ्नो क्षेत्रमा मर्यादित भएर पार्टीप्रति विश्वास जगाउने गरी खट्न, आचारसंहिताको पालना गर्न सचेत छौँ”, उहाँले भन्नुभयो ।

  himalayanvoice.com | १८ माघ २०८२, शनिबार २२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online