लस-एन्जलसको आर्टेसिया पार्कमा ‘मा’को बनभोज, उल्लासपूर्वक मनाइदै फागु पूर्णिमा

लस-एन्जलस । वसन्त ऋतुको आगमनसँगै रङ्ग र खुसीको पर्व फागु पूर्णिमा आगामी मार्च ८ तारिखका दिन स्थानिय आर्टेसिया पार्कमा बनभोज, सांस्कृतिक झाँकी र अबीर जात्रा गरि उल्लासपूर्ण रूपमा मनाइने भएको छ । विगत बर्षहरु जस्तै यस बर्ष पनि प्रवेश निशुल्क बनभोज, सांस्कृतिक झाँकी र अबीर जात्रा सहित उल्लासपूर्ण रूपमा मनाइने भएको हो ।

मधेशी एसोसियसन इन अमेरिकाद्वारा आयोजना गरिने बृहद बनभोज सहितको फागु पूर्णिमा कार्यक्रममा एकापसमा रङ दलेर खुसी साटासाट गरेर नाचगान गर्दै मनाइने प्रचलन रहेको छ।

‘मा’ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश साहले सम्पूर्ण दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायलाई प्रवेश निशुल्क बनभोज, सांस्कृतिक झाँकी र अबीर जात्रा गरि उल्लासपूर्ण रूपमा आगामी मार्च ८ तारिख आइतबार मनाइने फागु पूर्णिमा पर्वमा सहाभागिताको लागि आमन्त्रण गरेका छन् ।

नेपालमा फागुन शुक्लअष्टमीका दिन वसन्तपुरस्थित गद्धी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी चीर गाडेपछि फागुपर्व सुरु भएको मानिन्छ ।

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरू फुल्न थालेसँगै मानिसको मन–मष्तिस्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने माका अध्यक्ष दिनेश साहले बताए । ‘कृषिमा संलग्न भएकाहरू वसन्त ऋतुको आगमनसँगै फुर्सदिला हुन्छन्,’ उनले भने ।

फागुलाई विशुद्ध जीवन्त सांस्कृतिक पर्वको रूपमा लिनुपर्ने साह बताउँछन् । फागु पर्वले मानिसमा विद्यमान भेद्भावको अन्त्यको सन्देश दिने र बालबालिका युवायुवतीलगायत फागुको रङमा रङ्गिने खुसी साटासाट गर्ने भएकाले प्रवाशमा रहेका नेपाली समुदायलाई समेत जोड्ने होली अर्थात् फागुपर्व समावेशी चाड भएको साहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×