ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्षतर्फ ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाई सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ हालसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले ३२ जिल्लाको लागि ७ हजार १ सय ३७ बाकस प्याकिङ समेत भइसकेको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले हालसम्म प्राप्त हानिकारक सूचनाहरू मध्ये त्यसको प्रकृतिअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि १ सय ८१ वटा सूचना साइवर ब्युरोमा पठाइएको, ७ वटा दूरसञ्चार प्राधिकरणमा पठाइएको, ४० वटा प्रेस काउन्सिलमा पठाइएको, ४७ वटा केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको र १ वटा विज्ञापन बोर्डमा पठाइएको जानकारी दिनुभयो ।

आचारसंहिता उलङ्घन सम्बन्धी विषयमा हालसम्म ३४ वटा स्पष्टीकरण सोधिएको जानकारी दिनुहुँदै प्रवक्ता भट्टराईले २४ वटाको जवाफ प्राप्त भइसकेको बताउनुभयो ।

प्रवक्ता भट्टराईले ७७ वटै जिल्ला सदरमुकाममा नमुना मतपत्र पुगिसकेको जानकारी दिनुहुँदै मतदाताबाट हुनसक्ने बदर मत रोक्नको लागि ती मतपत्र वडा हुँदै मतदाताको घर घरमा पुर्‍याइने बताउनुभयो ।

निर्वाचन सम्बन्धी विषयवस्तु उत्पादन, प्रकाशन, प्रसारण साथै प्रचारप्रसारको लागि सार्वजनिक तथा सरकारी सञ्चारमाध्यम र तिनका नियामक निकायसँग छलफल र सम्झौता भएको साथै निजी सञ्चारमाध्यमसँग पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालबाट हुनसक्ने निर्वाचन सम्बन्धी मिथ्या र भ्रामक सूचना नियन्त्रण गर्नको लागि टिकटक, मेटा, साइवर ब्युरोसँग सम्बन्धित अधिकारीहरूसँग छलफल र सम्झौता भएको र उहाँहरूले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको समेत प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

फागुन २१ मै हिमाली जिल्लाहरूमा निर्वाचन हुनसक्छ कि सक्दैन? भन्ने पत्रकारहरूको जिज्ञासामा प्रवक्ता भट्टराईले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर छलफल भइरहेको र मौसम विज्ञान विभागका अनुसार हालसम्मको अवस्था हेर्दा मौसममा कुनै खराबी नदेखिएकाले हालको अवस्था अनुसार हिमाली जिल्लामा पनि निर्वाचन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २४ माघ २०८२, शुक्रबार १४:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online