ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

नेपाल–कतार संयुक्त बैठक : लगानी र व्यापारमा सहकार्यको प्रतिबद्धता

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

चन्द्रागिरिमा सम्पन्न बैठकले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा यो परिषद् स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

परिषद् दुई देशका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य र प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने मञ्चका रूपमा रहेको छ ।

बैठकमा दुवै देशका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्रबीच (बीटुबी) सहकार्य र सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका छन् ।

नेपाली पक्षले ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि लगायतका क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ विदेशी लगानी सहजीकरण र व्यावसायिक सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कतारी प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्नुभयो । परिषद्लाई परिणाममुखी बनाउन यसको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योग मन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरी द्विपक्षीय लगानी, व्यापार विस्तार र हवाई सम्पर्क (कनेक्टिभिटी) का विषयमा समेत छलफल गरेको छ । बैठकले आगामी दिनमा व्यापार र लगानीको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

  himalayanvoice.com | २९ माघ २०८२, बुधबार १५:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online