ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

१७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

काठमाडौँ। १७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रूसी सदन र ओजस थिएटरको आयोजनामा एक सातासम्म सञ्चालन भएको महोत्सवको शनिबार समापन गरिएको हो ।

महोत्सवमा प्रस्तुत गरिएका १८ वटा नाटकमध्येबाट उत्कृष्ट नाटक र कलाकार छनोट गरी पुरस्कृत गरिएको छ । मृगशिरा वर्ल्ड स्कुलको नाटक ‘सेतो जुत्ता’ बाट आदित्य श्रेष्ठले ‘जुरी अवार्ड’ प्राप्त गर्नुभएको छ भने मेधाश्री स्कुलको नाटक ‘यशस्वी भव’ बाट शोभित तामाङले ‘उदीयमान अभिनेता’ को अवार्ड हात पार्नुभयो ।

त्यस्तै माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीको नाटक ‘श्रवण भर्सेस कुमार’ बाट निस्ता धिमालले ‘उत्कृष्ट अभिनेत्री’ र सोही नाटकबाट जीवन बरालले ‘उत्कृष्ट निर्देशक’ अवार्ड प्राप्त गर्नुभयो । रेडस्टार सेकेन्डरी स्कुलको नाटक ‘रात चिर्ने भानु’ बाट काव्या बरालले ‘उत्कृष्ट अभिनेता’ को अवार्ड प्राप्त गर्नुभयो ।

समूहतर्फ महेन्द्र आदर्श माध्यमिक विद्यालयको नाटक ‘हामी एउटै हौँ’ लाई ‘उदीयमान नाटक’ (इमर्जिङ प्ले) को उपाधि प्रदान गरियो । प्रतियोगितामा मृगशिरा वर्ल्ड स्कुलको ‘सेतो जुत्ता’ दोस्रो (सेकेन्ड रनर अप) र मेधाश्री स्कुलको ‘यशस्वी भव’ पहिलो (फस्ट रनर अप) घोषित भए । मकालु मोरङको ‘कमिला र फट्याङ्ग्रा’ ले ‘उत्कृष्ट नाटक’ (बेस्ट प्ले) को अवार्ड प्राप्त गर्‍यो ।

विजेताहरूलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । महोत्सवको निर्णायक मण्डलमा आशान्त शर्मा र केदार श्रेष्ठ रहनुभएको थियो ।

  himalayanvoice.com | २ फाल्गुन २०८२, शनिबार १३:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online