ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

सामुहिक महारुद्राभिषेक पुजा गर्दै पशुपतिनाथ बुद्ध मन्दिरमा महाशिवरात्रि पर्व मनाइयो महाशिवरात्रि पर्व देवादी देव महादेवलाई सम्झेर प्रार्थना, उपवास, र इमानदारी, अरूलाई हानि नगर्ने, दान, क्षमा, र शिवको खोज जस्ता नैतिकता र सद्गुणहरूमा ध्यान गरेर मनाइन्छ।

लस-एन्जलस। श्री पशुपतिनाथ बुद्ध मन्दिरले प्रत्येक वर्ष सनातनी परम्परा अनुसार मनाउँदै आएको महाशिवरात्रि पर्व यस वर्ष सामुहिक महारुद्राभिषेक र अखण्ड भजन किर्तन सहित मनाइएको छ ।

दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने सनातानिहरुको उपस्थितिमा करिब १२ सयको संख्यामा उपस्थित भएका भक्तजनहरुले शिव आरधना, महारुद्राभिषेक र अखण्ड भजन किर्तन गरि महाशिवरात्रि पर्व मनाइएको हो ।

मन्दिरका अध्यक्ष बिमल श्रेष्ठका अनुसार लस एन्जलस आस पास बसोबास गर्ने सनातनीहरुको उपस्थितिमा सामुहिक महारुद्राभिषेक र अखण्ड भजन किर्तन र भगवान शिवबाट आशीर्वाद ग्रहण गरेर शिवरात्री मनाइएको छ । श्रेष्ठले भक्तजनहरुको बढ्दो उपस्थितिका कारण अहिलेको मन्दिरको क्षेत्रफल साँगुरो हुँदै गाएको बताउदै यस क्षेत्रका भक्तजनहरुको संख्यालाई छिट्टै सुबिधा सम्पन्न भवन निर्माण अभियान सुरु गरिने बताएका छन् ।

समुदायको अगुवाहरुको उपस्थितिमा र सहयोगमा आयोजित महाशिवरात्रि कार्यक्रममा उपस्थित भक्तजनहरुलाई प्रसाद र बिहान र बेलुका दुई चरणमा महारुद्राभिषेक पुजाको ब्यबस्था मिलाएको सचिव तुलसी ज्ञवालीले जानकारी दिएका छन् । सचिव ज्ञवालीका अनुसार हजारौ भक्तजनहरुको उपस्थिति रहेको महाशिवरात्रि पर्वमा भक्जनहरुले करिब ५२ हजार अमेरिकी डलर दान गरेका छन् ।

महाशिवरात्रि

महाशिवरात्रि सनातन हिन्दू पर्व हो जुन प्रत्येक वर्ष फेब्रुअरी र मार्च महिनाको बीचमा भगवान शिवको पूजा गर्न मनाइन्छ। महाशिवरात्रि एक हिन्दू पर्व हो जुन फेब्रुअरी र मार्चको बीचमा देवता शिवको पूजा गर्न वार्षिक रूपमा मनाइन्छ। सनातन हिन्दू पात्रो अनुसार यो पर्व फाल्गुन महिनाको पहिलो भागको पहिलो दिन (अन्धकारबाट सुरु हुने रात – अस्ताउँदै) मनाइन्छ। यो पर्व शिव र पार्वतीको विवाहको सम्झनामा शिवले ताण्डव नृत्य गरेको अवसरमा मनाइन्छ ।

यो सनातन हिन्दू धर्ममा एक उल्लेखनीय पर्व हो, जसले जीवन र संसारमा “अन्धकार र अज्ञानतालाई जित्ने” सम्झना गर्दछ। महाशिवरात्रि पर्व देवादी देव महादेवलाई सम्झेर प्रार्थना, उपवास, र इमानदारी, अरूलाई हानि नगर्ने, दान, क्षमा, र शिवको खोज जस्ता नैतिकता र सद्गुणहरूमा ध्यान गरेर मनाइन्छ। उत्साही भक्तहरू यस रातभर जागा रहन्छन्। भक्तहरु शिव मन्दिरहरू मध्ये एकको भ्रमण गर्छन् वा ज्योतिर्लिंगमहरूको तीर्थयात्रामा जान्छन्। यो पर्व ईसापूर्व ५ औं शताब्दीमा सुरु भएको मानिन्छ।

  himalayanvoice.com | ४ फाल्गुन २०८२, सोमबार १९:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online