ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

झापामा बालेनभन्दा ओली १० हजार बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। हिजो फागुन २१ गते सम्पन्न मतदानको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले जिल्लाका परम्परागत राजनीतिक गढहरूमा ठुलो फेरबदल ल्याउने संकेत देखिएको छ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गर्नुभएको छ। शाहले ओलीलाई १० हजार ६४३ मतको फराकिलो अन्तरले पछि पार्नुभएको हो।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगरले १० हजार ४४३ मतसहित आफ्नो अग्रता सुरक्षित राख्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का नेता एवं निवर्तमान सभामुख देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गर्नुभएको छ। उहाँहरूबीचको मतान्तर आठ हजार ७४० रहेको छ।

निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गर्नुभएको छ। पाठक र लिङ्देनबीच चार हजार ३४० को मतान्तर छ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी कान्छी उम्मेदवार निशा डाँगीले सात हजार ९४३ मतका साथ अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गर्नुभएको छ। यता क्षेत्र नं ४ मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका लालप्रसाद साँवा लिम्बू ९५२ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ।

निर्वाचन आयोगका अनुसार झापाका सबै क्षेत्रमा मतगणना तीव्र गतिमा भइरहेको छ। सुरुवाती रुझानहरूले यस पटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय हुन सक्ने प्रक्षेपण गरिएको छ।

  himalayanvoice.com | २२ फाल्गुन २०८२, शुक्रबार १२:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online