ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

अन्तरघातको आरोपमा नवलपरासी कांग्रेसका ४३ नेतामाथि कारबाही सिफारिस

नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरू भारी मतान्तरले पराजित भएपछि नेपाली कांग्रेस नवलपरासी (पश्चिम) ले ४३ जना जिल्ला नेतामाथि कारबाहीको सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले पार्टीभित्रै अन्तरघात भएको निष्कर्ष निकाल्दै ती नेताहरूलाई निष्कासन गर्न केन्द्रीय सभापतिलाई पत्राचार गरेको हो। कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलले केन्द्रीय सभापति गगन थापालाई पत्र पठाउँदै कारबाहीको माग गर्नुभएको छ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी रास्वपाका उम्मेदवार विक्रम खनालसँग करिब ३६ हजार मतान्तरले पराजित हुनुभएकाे थियाे। यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका भरत थापा रास्वपाका नरेन्द्र गुप्तासँग भारी मतान्तरले पराजित हुनुभएकाे थियाे।

दुवै क्षेत्रमा भएको अप्रत्याशित पराजयको कारण पार्टीभित्रका केही जिम्मेवार नेताहरूको अन्तरघात रहेको ठहर जिल्ला कार्यसमितिले गरेको छ। सोही आधारमा जिल्ला अनुशासन समितिले तयार पारेको प्रतिवेदनलाई कार्यसमितिको बैठकले अनुमोदन गरी थप कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो।

कारबाही सिफारिसमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका वनमन्त्री देबकरण प्रसाद जयसवाल, महासमिति सदस्यहरू, क्षेत्रीय तथा वडा तहका पदाधिकारीसमेत पर्नुभएकाे हाे ।

यसअघि पनि निर्वाचनकै दिन २२ जना नेतामाथि कारबाही गरिएको थियो भने केही नेता तथा कार्यकर्ताले निर्वाचनअघि नै पार्टी परित्याग गर्नुभएकाे थियाे । रास्वपामा प्रवेश गरेका नेता विक्रम खनालको प्रभावपछि जिल्लामा कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढेको बताइएको छ।

  himalayanvoice.com | ५ चैत्र २०८२, बिहीबार ११:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online