ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको सांसद बलावती शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई दुई घण्टाको अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । नवनिर्वाचित सांसदहरूलाई पार्टी संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता भीम रावलले बधाई ज्ञापन गर्नुभएको थियो ।

सांसद शर्माले भन्नुभयो, “पार्टीको संसदीय दलको बैठकले आज संसदीय दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्‍यो । हामीले पार्टी संयोजकलाई संसदीय दलको नेतामा चयन गरेका छौँ ।” उहाँले अगाडि भन्नुभयो, “हामी प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले दुई जना विज्ञबाट अभिमुखीकरण तालिम पनि लियौँ । त्यसबाहेक भर्खरै निर्वाचित सदस्यहरूलाई नेताहरूले बधाई दिनुभयो ।”

बैठकले संसद्‍मा प्रभावकारी रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।

  himalayanvoice.com | १५ चैत्र २०८२, आईतवार १२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online