ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ: नेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

काँग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गर्नुभयो । उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्नसक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो ।

“यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरु धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

  himalayanvoice.com | १६ चैत्र २०८२, सोमबार १२:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online