काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ ।
नेपाली कांग्रेस, शेरबहादुर देउवा समूहहरूको मङ्गलबार धुम्बाराहीमा बसेको केन्द्रीय सदस्यहरूको भेला ।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको छ ।
यस बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।
त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको पनि उपस्थिति रहेको छ ।
सो बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भइरहेको छ ।
प्रतिक्रिया