ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

‘सुशीला कार्की नेतृत्वको सरकार, एजनीओ–आइएनजीओ र मिडियालाई बधाई’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा निर्वाचनमा हिजोका प्रमुख दलहरुको पराजयले गम्भीर शिक्षा दिएको र यो अस्थायी पराजय भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट धारणा राख्नुहुँदै नेता बादलले सो कुरा बताउँदै आफूहरु इमान्दार भएर प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताउनुभयो । नेता बादलले जिज्ञासा गर्नुभयो, “कुन उद्देश्य पूर्ति गर्न भाद्र २३ र २४ गतेको घटना घटाइयो ? कुन उद्देश्यले विद्यालयका छात्रछात्राको प्रयोग गरियो ? कुन उद्देश्य पूर्ति गर्न पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई गिरफ्तार गरियो ?, कुन उद्देश्य पूर्ति गर्न देशको सार्वजनिक संरचनाहरु चलाइयो ?”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमत्कारीक विजयका लागि उहाँले रास्वपालाई बधाई ज्ञापन गर्नुभयो । रास्वपालाई विजयी बनाउन खेल्नुभएका सबै पक्षलाई पनि उहाँले बधाई ज्ञापन गर्नुभयो । रास्वपाको विजय जादूमय विजय भएको भन्दै उहाँले विजयी बनाउने सबै पक्षलाई बधाई ज्ञापन गर्नुभयो ।

नेपाली सेना, यसअघिको सुशीला कार्की नेतृत्वको सरकार, एजनीओ–आइएनजीओ र मिडियालाई समेत उहाँले बधाई दिनुभयो । सो अवसरमा उहाँले राष्ट्रिय स्वाभिमान, राष्ट्रियता र सार्वभौमसत्ता कायम गर्न ज्यानको आहुति दिनुहुने सबै सहिदप्रति उहाँले श्रद्धाञ्जली ज्ञापन गर्नुभयो ।

  himalayanvoice.com | १९ चैत्र २०८२, बिहीबार १३:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online