ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

काल-दृश्य

-डा. मधु माधुर्य

…. कसले गर्छ आज-भोली परायाको हित ?
भित्र-भित्रै लाए सबले स्वार्थसंग मित !
जता जाऊ, त्यता हेर पैसा कै छ जीत
स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत

चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा
जिउंदै मान्छे जलाइन्छन् दिलको आर्यघाटमा
“शुद्ध” घोषित नदी आखिर टुकुचामै खस्छ
भोट माग्ने गोमन नेता जन्मभूमि डस्छ

द्वन्द, हड्ताल, नेपालबन्द हाम्रै पेवा भयो
दक्षिण-सीमा खुम्चिएर नक्सै सानो भयो
देश बचाउने कुरै छैन कुर्सी मात्र खोज्छन
विसर्जनको चिहान जाने छोटो बाटो रोज्छन

हल्लै हल्ला ” सतीको श्राप” नेता उस्तै परे
सबै जान्ने बुझ्नेले नै “मृत्यु-वीज” छरे
आँटले कोहि शहिद भए कोहि जिउंदै मरे
कस्लाई के थाह अझै पनि के हुने हो भरे

नाङ्गो जन्म सबको उस्तै अन्तिम मृत्यु पनि
बिर्से सबले मानव-लक्ष दानवरुपी बनी ?
घडीभित्र नजरबन्द द्रव्य-काललाई चुट
ब्युझाई चित्त-वृत्ति युगको धुलोबाटै उठ
धुलोबाटै उठ …

  himalayanvoice.com | २१ चैत्र २०८२, शनिबार १२:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online