ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

सात दिन भित्र निर्वाचन गर्न एन्फालाई फिफाको पत्र

काठमाडौँ, । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई सात दिन भित्र निर्वाचन गर्न विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले पत्र पठाएको छ ।

फिफा र एएफसीले निर्वाचन सुनिश्चित नभए निलम्बन प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएको छ । फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई गरेको तीन महिनाको निलम्बन सरकारी हस्तक्षेपको रुपमा समेत लिएको छ ।

पत्रमा भनिाएको छ ,‘‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको सात दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रुपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्न  फिफा काउन्सिलमा पेस गरिनेछ,’’ पत्रमा उल्लेख छ ।

यसअघि चैत १३ गतेका लागि तय भएको एन्फाको ‘अर्ली इलेक्सन’ स्वीकृतिविना नै गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो ।

निलम्बनपछि एन्फाले झापामा तय गरेको निर्वाचन बिचैमा रोकेको थियो । राखेपले एन्फालाई क्लब, जिल्ला, प्रदेशहुँदै तहगत निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्न निर्देशन समेत दिँदै आएको थियो ।

  himalayanvoice.com | २२ चैत्र २०८२, आईतवार १२:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online