नेपालगञ्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले हराउँदै नाइजेरियन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेशसँगै नाइजेरियन टोलीले जेविएम फुटबल एकेडेमी लखनउसँगको उपाधि भिडन्त पक्का गरेको हो । दुवै प्रतियोगिताका विदेशी टोली हुन् । आइतबार अब उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । आइतबार ४ बजे फाइनल खेल हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको हो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।
प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।
प्रतिक्रिया