ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

जनमत पार्टीद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन जनमत पार्टीले वैशाख २२ गतेबाट फिर्ता लिएको जनाएको हो ।

जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंह सहित प्रदेश सभाका सदस्यहरुले हस्ताक्षर गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा हिजो दर्ता गर्नुभएकाे थियो ।

मधेश प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार बनेको थियो ।

सरकार निर्माणको क्रममा समर्थन दिएका राजनीतिक दलमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

  himalayanvoice.com | २३ बैशाख २०८३, बुधबार १६:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online