ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने

काठमाडौँ । नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यस आदेशसँगै फिल्म आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले सम्मानित अदालतको आदेशसँगै फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी फिल्म तयार गरेका थिएनौँ । हामीले आमा र छोरीको कथामा फिल्म निर्माण गरेका छौँ । फिल्मले छोरीका लागि आमाले गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।”

निर्देशक तथा लेखक यम थापाले फिल्म हेरेपछि कुनै पनि समुदायको भावनामा आहत नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले अनुमानका भरमा फिल्मलाई लिएर विभिन्न अडकलबाजी भएका छन् । फिल्म हेरेपछि कसैको चित्त दुख्दैन भन्नेमा म विश्वस्त छु ।” सो चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले पदार्पण गर्दै हुनुहुन्छ । विशाल थिएटरमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय कलाकार हुनुहुन्छ । प्रशंसा जेनजी पुस्ताकी उदीयमान अभिनेतृका रूपमा परिचित हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो ।

  himalayanvoice.com | २४ बैशाख २०८३, बिहीबार ००:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online