ट्रेण्डिङ्ग:
|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने|साहित्यकार शान्ति नीहारिकाको ‘पुथुला कविता संग्रह’ सार्वजनिक|एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने|भीमनारायण गोल्डकप : विर्तामोड युनाइटेड सेमिफाइनलमा|१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात |सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण |हुलाक मार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार|‘होल्डिङ सेन्टरका प्रभावित जनतालाई पुनःस्थापना गर्नु राज्यको दायित्व’|क्रियाशील सदस्यता अद्यावधिक गर्न काँग्रेसले तोक्यो विशेष जिम्मेवारी

चित्र प्रधानको नेतृत्वमा एएनओको क्यानाडा कार्यसमिति चयन

टोरन्टो । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ।

शनिबार क्यानाडाको टोरन्टोमा आयोजित एक विशेष समारोहका बीच अवकाशप्राप्त प्राध्यापक चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो। लामो समयदेखि क्यानाडाको शिक्षा क्षेत्रमा सक्रिय प्रधानको नेतृत्वमा बनेको यो समितिले क्यानाडामा बसोबास गर्ने विभिन्न मुलुकका नेपाली भाषी समुदायबीच सेतुको रूपमा काम गर्ने विश्वास लिइएको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बर्मेली तथा थाइ नेपाली मूलकी एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भुटानी नेपाली मूलका भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन भएका छन्।

त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक (नीर भीम), सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं रहनुभएको छ। नवगठित समितिका पदाधिकारीहरूले विभिन्न देशबाट क्यानाडा पुगेका नेपाली भाषीहरूको साझा हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले यो संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिस्पर्धी नभएको स्पष्ट पारे। उनले एनआरएनएले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्न एएनओले साझा चौतारीको भूमिका निर्वाह गर्ने बताए।

यस्तै, संस्थाका केन्द्रीय महासचिव चूडामणि भट्टराईले एएनओको सञ्जाल विश्वका ९ देशमा पुगिसकेको जानकारी दिँदै अबको प्राथमिकता युरोपका देशहरूमा शाखा विस्तार गर्ने रहेको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाल, भुटान, भारत र अन्य मुलुकका नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला, भाषा र संस्कृतिको संरक्षणमा सक्रिय रहने अठोट व्यक्त गरे। कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा. तुलसी धरेल, डा. गोविन्दसिंह रावत, प्राध्यापक डा. राजेन्द्र पन्थी र सञ्चारकर्मी शैलेस श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

अतिथिहरूले नयाँ समितिलाई बधाई दिँदै एएनओको अभियानले मातृभूमि नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको उक्त कार्यक्रमले क्यानाडामा नेपाली भाषीको पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

  himalayanvoice.com | २९ बैशाख २०८३, मंगलवार ११:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online