ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

अमेरिकामाथि नेपालको १२२ रनको ऐतिहासिक जित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटिएको हो।

अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । शयान जहांगिरले २७, शेहान जयसुरियाले २६ तथा कप्तान शैतेजा मुक्कामुल्लाले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो । नेपालको इनिङ्समा इशान पाण्डेले ८४ रनको उत्कृष्ट योगदान दिए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलसँग उनले तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रोहितले ४६ रन बनाए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । आसिफले ४३ तथा कुशलले २९ रन बनाए । अन्तिमतिर दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन प्रहार गरे । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

  himalayanvoice.com | ८ जेष्ठ २०८३, शुक्रबार १०:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online