ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

टेनिस खेलाडी शिभालीले युरोपमा चार प्रतियोगिता खेल्ने

काठमाडौँ । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्दै हुनुहुन्छ ।

शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक एक प्रतियोगिता खेल्न लाग्नुभएको हो । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनुहुने छ ।

त्यसपछि उहाँले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा र जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा प्रतिस्पर्धा गर्नुहुने छ ।

उहाँले जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । यस्तै उहाँले अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कप खेल्नुहुने छ ।

प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरियता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस सङ्घले जनाएको छ ।

एसियाबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्नुहुनेछ ।

 

  himalayanvoice.com | २४ असार २०८२, मंगलवार १३:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online